६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाको विकासका लागि प्रारम्भिक तथ्यांक संकलन




पोखरा
, १ भदौ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ को समग्र समृद्धि र विकासको लक्ष्यका साथ प्रारम्भिक तथ्यांक संकलन शुरु गरिएको छ ।

वडाभित्रका ३७ वटा टोल विकास संस्थामार्फत दुई हजार ५०० घरधुरीमा तथ्यांक संकलन गर्न लागिएको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक तथ्यांक संकलनका लागि वितरित फारममा घरमूली र परिवारका सदस्यको नाम, स्वरोजगार तथा बेरोजगार (रोजगार भए स्वदेश वा विदेश), घर (ढुंगा माटाको वा सिमेन्टेड), आफूले लिन चाहेको तालीम (कफीखेती, सुन्तलाखेती, तरकारीखेती वा अन्य) जस्ता कुरा खुलाउनु पर्नेछ ।

उक्त फारममा नै परिवारका सदस्यसंग छलफल गरी वडाका लागि आवश्यक महत्वका तीन योजना समावेश गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

त्यस्तै वडाले टोल विकास संस्थामार्फत आफ्ना टोलमा रहेका सार्वजनिक जग्गा, मठ मन्दिर, पुरातात्विक सम्पदा, गोरेटो, घोडेटो वा पक्की बाटो आदिको जानकारी लिनका लागि छुट्टै फारम तयार गरी वितरण गरेको उनले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १ भाद्र २०७४, बिहिबार ००:००