१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगंजबाट हेलिकप्टर मार्फत राहत सामग्रही ढुवानी सुरु




पर्सा
, ३२ साउन । मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ ।

मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगंजबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लास्थित दैवीकप्रकोप उद्धार समितिले वीरगंजबाट संकलन गरेको राहत सामग्रीलाई हेलिकप्टरबाट ढुवानी गरी पर्सा, रौतहट र सर्लाही जिल्लाका बाढीपीडित सम्म पुर्याएको हो ।

एक सातादेखि ढुवानको समस्या खेपिरहेकामध्ये तराईका बाढिपीडितलाई राहत सामग्री चाडो भन्दा चाडो उपलब्ध गराउने सरकारको निर्देशनअनुसार वीरगंजलाई आधार बनाइ संकलित राहत तथा उद्धार सामग्रीलाई प्रभावित क्षेत्रसम्म पुर्याउन तीनवटा हेलिकप्टरको प्रयोग गरिएको छ ।

बाढीपीडितकालागि वीरगंजबाट संकलित दाल, चामल, खानेपानी, चिउरा, चाउचाउ, दालमोठ, भुजिया, पाल र खाना पकाउने भाँडा गरी नौ हजार किलो सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए ।

उनले वीरगंजको बरख गणमा रहेको हेलिप्याडबाट बुधबार राहत सामग्री राखी तीन वटा हेलिकप्टरले नौ पटक उडान भरेको बताए । ती राहत सामग्री पर्साको ठोरी, रौतहटको समानपुर, मौलापुर र सर्लाहीको खैराहवा र छनौटामा पुर्याइएको छ ।

दैवी प्रकोप उद्धार समितिले वीरगञ्जबाट २५ हजार किलो राहत सामाग्री संकलन गरेकामा नौं हजार किलो सामग्री पुर्याए पनि बाँकिरहेका १६ हजार किलोराहत सामग्री आज बिहानैबाट आवश्यक स्थानमा पुर्याइने सहायक प्रजिअ पौडेलले बताए ।
रासस

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार ००:००