२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुहबीमा राहत कोष स्थापना




इनरुवा
, ३१ साउन । सुनसरीको दुहबी नगरपालिकाले लगातारको बाढीबाट पीडित भएकालाई राहत वितरण गर्न राहत कोष स्थापना गरेको छ । बाढीपीडितका लागि छुट्टै राहत कोष स्थापना गरेर सहयोगका लागि दता, विभिन्न संघ संस्था तथा सरोकारवालासंग आग्रह गरिएको नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले जानकारी दिए ।

सञ्चारमाध्यम बन्द

पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सुनसरी सदरमुकाम इनरुवाबाट प्रसारण तथा प्रकाशन हुँदै आएका सञ्चारमाध्यम बन्द भएका छन् । सदरमुकाम इनरुवाबाट प्रकाशन हुने दैनिक पत्रिका र साप्ताहिक पत्रिकासंगै जिल्लाको रेडियो एफएम चारदिनदेखि बन्द भएको सम्बद्ध सञ्चालकले जनाएका हुन् ।

विद्युत् अभावका कारण जिल्लाको नौवटा एफएम चार दिनदेखि प्रसारण बन्द भएका छन् । बाँकी रहेको रेडियोले केहीबेर सूचना र समाचार प्रसारण गरे पनि पूर्ण समय प्रसारण गर्न नसकेको सञ्चालकले बताएका छन् । त्यसैगरी इनरुवाबाट प्रकाशित हुने दुईवटा दैनिक र पाँच वटा सप्ताहिक पत्रिकासमेत बन्द भएका छन् ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार ००:००