२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

लेखक स्थानीय खबर ३१ श्रावण २०७४, मंगलबार १ मिनेट पढाइ


बैतडी
, ३१ साउन । बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

पहिरोको हिसाबले डिलाशैनीको बांगाबगर र रुद्रेश्वर उच्चजोखिममा छन् भने दोगडाकेदारको सित्तड र न्वाली पनि उच्च जोखिममा रहेका छन् ।

यसैगरी, पुरचौँडी नगरपालिकाको मल्लादेही र मेलौली नगरपालिकाको विशालपुर पहिरोको उच्च जोखिममा रहेका छन् । ती ठाउँमा वर्षौंदेखि पहिरो खसिरहेकाले पहिरो रोकथामका लागि जिल्लास्तरबाट खासै पहल गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ती ठाउँमा ठूलो पहिरो भएकाले स्थानीयस्तरको पहलले रोकथाम गर्न नसकिने बताइएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा विपद्को सामना गर्नका लागि आवश्यक जनशक्ति, सामग्री, सीप लगायतको आँकलन गरिएको छ ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।