१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले र लोकतान्त्रिक फोरमको गठबन्धन विजयी




धनगढी
, २७ साउन । जिल्ला समन्वय समिति कैलालीमा नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन निर्विरोध निर्वाचित भएको छ ।

मुख्य निर्वाचन अधिकृत धनसिं महराले जिल्ला समन्वय समितिको अध्यक्षमा नेकपा एमालेका सूर्यबहादुर थापा र उपाध्यक्षमा एमालेकै सुन्दरीदेवी चौधरी निर्विरोध निर्वाचित भएको जानकारी दिए । भदौ १ गतेका लागि निर्वाचनको मिति तोकिए पनि निर्विरोध भएकाले आज (शुक्रबार)नै विजयी घोषणा गरिएको हो ।

यसैगरी एमालेबाट लालित साउद, टेकबहादुर बुढा, मालती सार्की, देवी भण्डारी समन्वय समितिको सदस्यमा निर्वाचित भएका छन् । नौ सदस्य समन्वय समितिमा नेपाल लोकतान्त्रिक फोरमबाट विष्णु चौधरी, राजकुमार महतो र मिनादेवी चौधरी निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समितिको चयनका लागि आज (शुक्रबार) मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको थियो । एमाले र लोकतान्त्रिक फोरमको गठबन्धनको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

तेह्रवटा स्थानीय तह रहेको कैलालीमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले सात, नेपाली कांग्रेस तीन, नेकपा माओवादी केन्द्र दुई र नेपाल लोकतान्त्रिक फोरम एक तहमा विजयी भएका थिए ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार ००:००