६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलामा पुल नहुँदा मनाङबासीलाई सास्ती




मनाङ
, २७ साउन । नेस्याङ गाउँपालिकाको पिसाङ खोलामा पुल नहुँदा सवारीसाधन आवात जावतमा मनाङबासीले सधैँ सास्ती भोग्नु परेको छ । हिउँदको बेलामा खोला घटेर बाटो सहज भए तापनि बर्खामा खोलामा भेल आउने हुँदा सवारीसाधन ओहोर दोहोर गर्न बाधा पुग्नेगरेको छ ।

मनाङको बाटो आफैँमा कठिन छ, त्यसमा पनि ठाउँ–ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नु परेको छ । हिउँदमा बढी चिसो हुने हुँदा हिउँ जमेर खोला सुक्छन् र बाटो सहज हुन्छ ।

बर्खामा भने हिउँ पग्लिएर खोलामा बाढी आउने हुनाले बेसीशहरबाट मनाङ आउने र मनाङबाट बेसीशहर जाने यात्रु दिनैपिच्छे खोलाको किनारमा अड्किएर बस्नु परेको छ ।

कहिले खोला घट्ला भनी खोलाको किनारमा सवारी चालकहरु अलपत्र परेका हुन्छन् । कहिले ट्रयाक्टरको सहायतामा गाडी निकाल्छन् त कहिले पानी परेर चिसो भई हिउँ जमेर खोला सुक्ने पर्खाइमा रहन्छन् ।

नेपालकै महत्वपूर्ण पर्यटन क्षेत्रमा सहजै आवतजावत गर्न सक्ने बाटो नहुँदा यहाँ आउने पर्यटक ज्यादै कठिन यात्रा गर्न बाध्य छन् । स्थानीयबासी प्रश्न गर्छन्, यहाँका जनता र पर्यटकले यस्तो सास्ती कहिलेसम्म भोग्ने ?
रासस

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार ००:००