६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशरथचन्द नगरपालिकाको बजेट ५३ करोड




बैतडी
, २७ साउन । जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाको पहिलो नगरसभा तथा बजेट अधिवेशनले ५३ करोड ३९ लाख ९६ हजार ५३३ को बजेट पारित गरेको छ ।

बिहीबार सम्पन्न बजेट अधिवेशनले सबैभन्दा बढी पूर्वाधार विकासमा ५० प्रतिशत बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । यस्तै, सामाजिक विकासमा २३, आर्थिक विकासमा १२, वातावरण र विपद् व्यवस्थापनमा १०, संस्थागत विकासमा तीन, वित्तीय व्यवस्थापन र सुशासनमा दुई प्रतिशत रकम विनियोजन गरिएको छ ।

नगरपालिकाले भौतिक पूर्वाधार विकासमा खानेपानी, सडक, सिँचाइ र कृषिमा जोड दिने नीति लिएको छ । नगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘सफा, समृद्ध र उज्यालो शहर, दशरथचन्द नगरवासीको साझा रहर’ भन्ने नारा तय गरिएको र यो नारालाई सार्थक तुल्याउन बजेट केन्द्रित गरिएको नगरप्रमुख थापाले बताए ।

कुल पूँजीगत बजेटको ५० प्रतिशत वडा कार्यालयलाई दिइएको र त्यसपछि भूगोल, जनसङ्ख्या र विकटताको हिसाबले बजेट थप गरेको उनले बताए ।

यस्तै, नगरपालिकाले नगरभित्रको फोहर व्यवस्थापनलाई प्राथमिकता दिएको छ भने नयाँ वडाहरुमा सौर्य सडक बत्तीका लागि पनि बजेट छुट्याइएको छ ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार ००:००