१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस भक्तपुरमा गेलाल सहितको प्यानल विजयी




भक्तपुर
, २२ साउन । जिल्ला समन्वय समिति भक्तपुरको आइतबार भएको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

आइतबार जिसस कार्यालयमा भएको निर्वाचनमा प्रमुख नवराज गेलाल र उपप्रमुख सरिता कुँवर निर्वाचित भएका हुन् । सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी भएका छन् ।

कूल आठ मत रहेकामा सात मत मात्रै खसेको थियो भने खसेको मतमा एमालेको प्यानलले पाँच मत र नेमकिपाका उम्मेदवारले दुई मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसले भने उम्मेदवारी दिएन भने मतदानमा पनि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । चारवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थाअनुसार भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगर प्रमुख एवं उपप्रमुख गरी आठ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा नेमकिपाले भने जिसस प्रमुखमा कमला भारती गिरी र उपप्रमुखमा हरिरत्न गोर्खालीसहित सदस्यहरुमा रोशनमैया सुवाल, रोशन खत्री, जितेन्द्र मुनंकर्मी, रञ्जना त्वाती, जगतलाल मानन्धर र विजयालक्ष्मी शाक्य तथा दलित तथा अल्पसङ्ख्यक सदस्यमा सुनिता द्यौलालाई उम्मेदवार बनाएको थियो ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००