७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस रोल्पामा माओवादी केन्द्रको मात्रै उम्मेदवारी




रोल्पा
, २२ साउन । जिल्ला समन्वय समिति रोल्पामा नेकपा माओवादी केन्द्र बाट मात्रै उम्मेदवारी परेका कारण निर्विरोध हुने स्थिति देखापरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्न दिएको समय सीमाभित्र माओवादी केन्द्रका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ ।

जिल्ला समन्वय समितिका संयोजकमा राजबहादुर बुढा र सहसंयोजकमा विमला बुढाको उम्मेदवारी परेको छ । यसैगरी, समन्वय समितिको सदस्यमा कर्मलाल परियार, खमिता रानामगर, शर्मिला बुढामगर, मानबहादुर केसी, मीना पुनमगर, धनबहादुर पुनमगर र लोकमन ओलीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ओलीले जानकारी दिए ।

एउटा दलको मात्रै उम्मेदवारी परेको भए पनि निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गरी साउन २७ गते औपचारिक रुपमा निर्वाचित भएको घोषणा गरिने ओलीले बताए ।

दश स्थानीय तह रहेको रोल्पामा माओवादी केन्द्रले सात, नेकपा एमालेले दुई र नेपाली कांग्रेसले एक स्थानीय तह जितेका थिए । माओवादी केन्द्रको एकल बहुमत भएकाले नेपाली कांग्रेस र एमालेले उम्मेदवारी दर्ता नगराएको बताइएको छ ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००