८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाईघाट कद्माहा सडकखण्डको जलजले पुल भत्कियो




गाईघाट
(उदयपुर), २२ साउन । सप्तरीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत कद्माहा सडकखण्डदेखि उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने त्रियुगा नगरपालिका–६ स्थित जलजले खोलाको पक्की पुल भत्किएको छ ।

जलजले इलाका प्रहरी कार्यालयका अनुसार विगतदेखि नै कमजोर रहेको सो पुलको पिलर यसपटकको वर्षाका कारण आएको बाढीले पूर्वपट्टिको मुख्य पिलर भासिएर जोखिमपूर्ण बनेका कारण तीन दिनदेखि यातायात पूर्णरुपमा बन्द भएको छ ।

पुल जोखिमपूर्ण भएपछि अहिले पुलको अर्को विकल्प नभइन्जेल यस क्षेत्रमा यातायात सञ्चालन गर्न उदयपुर सिमेन्ट उद्योग भएर जंगलको बाटोबाट यातायात सञ्चालन गर्ने व्यवस्था गरिएको प्रहरी नायब निरीक्षक जगदीश पासवानले बताए ।

यता विगत चार वर्षदेखि नै जलजले पुल जोखिमपूर्ण रहँदै आएको र आफूहरुले पटकपटक मर्मत गर्न सडक डिभिजन कार्यालय ध्यानाकर्षण गराए पनि यसतर्फ चासो नदिएको स्थानीय राजेश खड्काले गुनासो गरे ।

सडक डिभिजन कार्यालयले ध्यान नदिएका कारण अहिले इलाका प्रहरी कार्यालय र स्थानीयवासीको सक्रियतामा ढुंगा संकलन गरेर पुलको पिलरको भागमा पर्खाल लगाउने काम भइरहेको प्रहरी नायब निरीक्षक पासवानले जानकारी दिए । विसं २०६४ मा निर्माण भएको सो पुलको लम्बाइ ३८ मिटरे चौडाइ नौ मिटर छ ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००