१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध




ललितपुर
, २० साउन । ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएका छन् ।

समितिमा आज शुक्रबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कांग्रेसकी उमा बर्जाचार्य ९श्रेष्ठ०, बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी बनेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले बताए ।

समितिको निर्वाचनमा नेपाली कांग्रस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको हो ।
रासस

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार ००:००