१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षा शुरु भएपछि डोटीका सडक अनियमित




डोटी
, २० साउन । बर्खायाम शुरु भएपछि डोटीका ग्रामीण सडक अनियमित बनेका छन् । केही सडकमा सवारीसाधन पूर्ण रुपमा रोकिएका छन् जसले गर्दा सर्वसाधारणले यात्रा गर्दा सास्ती भोगिरहेका छन् ।

वर्षा शुरु भएसंगै जिल्लाका दर्जनभन्दा बढी सडकमा यात्रा निकै कठिन भएको दीपायलका सवारी चालक देवबहादुर साउदले बताए । बाटोमा भेलले ठूल्ठूला खाल्डा परेको, हिलाम्मे तथा चिप्लो भएका कारण सडकमा यात्रा कठिन भएको उनले बताए ।

यसरी सडक अवरुद्ध हुँदा लामो यात्रा पनि यात्रुले हिँडेर गर्नुपर्ने बाध्यता भएको छ । जिल्लाको लामो दूरीको मानिने राजपुर–चवरा चौतारा सडकखण्डमा सडक पूर्णरुपमा रोकिएको छ । आधा बाटोसम्म मात्रै गाडी पुग्ने भएकाले घण्टाैँ पैदल यात्रा गर्नुपर्ने स्थिति सिर्जना भएको चवरा चौताराका पूर्णबहादुर बमले बताए ।
रासस

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार ००:००