८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङ जिल्ला समन्वय समिति निर्वाचन साउन २३ गते




मलेखु
, धादिङ । नेकपा एमाले ले धादिङ जिल्ला समन्वय समितिका प्रमुखमा गल्छी गाउँपालिकाका वडा सदस्य जगन्नाथ नेपाल र उपप्रमुखमा त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य विन्दा बराम नेपालीलाई उम्मेदवार बनाउने बनाउने भएको छ ।

जिल्ला समन्वय समिति निर्वाचनका लागि २६ मतदातामध्ये एमालेका पक्षमा १५ जना रहेका छन् । जिल्ला समन्वय समिति निर्वाचन यही साउन २३ गते हुँदैछ ।

एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीका अनुसार जिसस सदस्यका लागि सिद्धलेक गाउँपालिकाका कृष्ण अर्याल र खुनराज थापा, थाक्रे गाउँपालिकाका उर्मिला रेग्मी, त्रिपुरासुन्दरीका कमलनारायण श्रेष्ठ, ज्वालामुखी गाउँपालिकाकी सान्नानी परियार, गजुरी गाउँपालिकाकी सावित्रा सुनार, खनियाबास गाउँपालिकाकी उर्गेनवती तामाङलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रासस

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलबार ००:००