११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन क्षेत्र निर्धारण समयमा हुनुपर्छः एमाले




काठमाडौँ
। नेकपा एमाले स्थायी कमिटीको आज (बिहिबार)को बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । सरकारले गत साता ४५ दिनको समय दिई सो आयोग गठन गरेको थियो ।

कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बिहिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सरकारले निकै ढिलो गरेर आयोग गठन गरेकाले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने आशंका पैदा भएको पनि ठहर गरेको छ ।

एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ ।
रासस

प्रकाशित मिति : १२ श्रावण २०७४, बिहिबार ००:००