२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता नामावली दर्ता गराउनेको भीड बढ्दो

लेखक स्थानीय खबर ११ श्रावण २०७४, बुधबार १ मिनेट पढाइ


भक्तपुर
। मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्यका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा भीड लाग्न थालेको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुर सिर्जनानगरबाट मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्य साउन १ गतेबाट सुरु भए पनि अहिले नामावली दर्ता गर्नेको भीड लाग्न थालेको प्रमुख उमेश राईले जानकारी दिए ।

आगामी प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन एवं अद्यावधिक गर्न परिपत्र गरेपछि कार्यालयले नामावली संकलन सुरु गर्न थालेको हो ।

आजसम्म एक हजार ७०० जनाले मतदाता नामावलीको लागि फोटो खिचाएर नाम दर्ता गराएको जानकारी दिँदै उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएको र नयाँ निर्वाचनको तयारी भएकाले मतदाताले उत्साहजनक रुपमा सहभागी भएको बताए ।

मतदाता नामावली संकलन गर्नेको भीड लाग्न थालेपछि कार्यालयले साउन १६ देखि साउन ३२ गतेसम्म मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको कार्यालयबाट समेत नामावली दर्ताको काम गरिने प्रमुख राईले बताए ।

चार नगरपालिका रहेको भक्तपुरमा ३८ वटा स्थानीय तह रहेका छन् । गत वैशाख ३१ गते भएको निर्वाचनमा भक्तपुरमा सबैभन्दा धेरै ८४ प्रतिशत मत खसेको थियो । भक्तपुरमा हाल एक लाख ६० हजार ५२९ जना मतदाता रहेका छन् ।
रासस

प्रकाशित मिति : ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।