३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहमतिपछि सडक निर्माण विवाद साम्य




नेपालगञ्ज
। बाँके जिल्लाको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्जको पुष्पलाल चोकदेखि बसपार्कसम्मको सडक निर्माण विवाद समाधान भएको छ ।

फुटपाथ, नाला र सडक गरी ३० मिटर चौडाइ हुने गरी डिजाइन गरिएको सो सडकखण्ड २२ मिटरमा निर्माण गर्न थालिएपछि सो क्षेत्रका नागरिकस्तरबाट आरोप, प्रत्यारोप र विवाद हुँदै आएको थियो ।

एक सातादेखि विवादित बनेको सो सडकखण्डको निर्माण कार्य रोकिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालासंग गरेको छलफलपछि २२ मिटर चौडाइमै निर्माण गर्ने सहमति भएको जनाइएको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाका अनुसार ३० मिटरमा बनाउँदा ९५ प्रतिशत नागरिकका घर संरचना भत्किने भएकाले सोही अवस्थालाई दृष्टिगत गरी २२ मिटरमा निर्माण गरिने सहमति गरिएको हो ।

छलफलमा बसपार्क सडक संघर्ष समितिका संयोजक लीलानाथ अधिकारीले सबैको सहमतिमा निर्माण कार्य अगाडि बढाउने सहमति भएकाले अब काम नरोकिने विश्वास व्यक्त गरे ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार ००:००