१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिलाई खाद्यसुरक्षाबारे अभिमुखीकरण




लमजुङ
(बेसीशहर) । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खाद्यसुरक्षाबारे अभिमुखीकरण गरिएको छ । नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)ले निर्वाचित प्रमुख र उपप्रमुखलाई आइतबार अभिमुखीकरण गराएको हो ।

विश्व खाद्य कार्यक्रमको सहयोग र कृषि विकास मन्त्रालयको समन्वयमा खाद्य सुरक्षा अनुगमन तथा प्रतिकार्य विश्लेषण अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा क्षेत्रीय कृषि निर्देशनालय पोखराका निर्देशक शरदचन्द्र श्रेष्ठले जननिर्वाचित प्रतिनिधिले आफ्नो तहको खाद्य सुरक्षाको अवस्थाबारे यकिन तथ्याङ्क लिएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कृषि विकास मन्त्रालयका उपसचिव रामकृष्ण रेग्मीले परिवर्तित सन्दर्भमा नेपाल खाद्य सुरक्षाको अनुगमन प्रणाली साथै खाद्य सुरक्षा, आयाम तथा सुरक्षाको सन्दर्भमा नेपाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी, नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)का संयोजक बखत निरौलाले नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीको विकासक्रम मुख्य क्रियाकलाप तथा प्रक्रियाबारे जानकारी गराएका थिए ।
रासस

प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार ००:००