२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिले गाउँपालिकाको नाम फेरे

लेखक स्थानीय खबर ८ श्रावण २०७४, आइतबार १ मिनेट पढाइ


गाईघाट
(उदयपुर) । गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ ।

गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु पर्ने प्रस्ताव ल्याएर बहुमतले पास गरेपछि सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ राख्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए ।

यसका लागि बैठकले निर्णय गरिसकेको र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएर स्वीकृत लिने तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताइन् ।

सुनकोशी गाउँपालिका नेपालमा धेरै स्थानमा नाम रहेकाले यसको छुट्टै पहिचानका लागि किराँती राई भाषाबाट लिङ्चिङ्बुङ भन्ने बुकी फूलको नाम राखेर गाउँपालिकाको नाम फेर्न लागिएको स्थानीय प्रतिनिधिहरुले बताए । रासस

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।