८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा मतदाता नामावली संकलनः २४ सयले फोटो खिचाए



७ साउन, चितवन । मतदाता नामावली संकलनका क्रममा एक साताभित्र २ हजार ४२७ जनाले फोटो खिचाएका छन् । जसमध्ये १ हजार ३१५ जना महिलाछन् भने पुरुषको १ हजार ११२ रहेको छ ।

महिलाको उत्साहजनक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले बताए । यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाले फोटो खिचाउने अवसर पाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताए । तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । जिल्लामा हालसम्म ३ लाख १३ हजार तीनजना मतदाता छन् ।

जिल्लाका भरतपुरबाहेकका ६ वटा स्थानीय तहमा भने साउन १६ गतेबाट ३२ गतेसम्म फोटोसहितको नामावली दर्ता गराइने छ । रासस

प्रकाशित मिति : ७ श्रावण २०७४, शनिबार ००:००