१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पपीडितलाइ नक्सा पास बापतको रकम नलिने धनकुटा नगरकाे निर्णय




धनकुटा
। धनकुटा नगरपालिकाको बुधबार बसेको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउँदा नक्सा बनाउन लाग्ने शुल्क मिनाहा हुने निर्णय गरेको छ ।

भूकम्पपीडितले घर बनाउँदा नक्सा पास बापतको तिर्नुपर्ने रकम नलिने निर्णय गरेको धनकुटा नगरपालिकाको पहिलो बैठकको अध्यक्षतामा प्रमुख चिन्तन तामाङले गरेका थिए । भूकम्पपीडतले घरनक्सा बापतको तिर्नुपर्ने न्यूनतम शुल्क रु १० हजारदेखि रु ४० हजारसम्म रकम छुट हुने नगरपालिकाका प्रवक्ता जमशेर राईले बताए ।

धनकुटा नगरपालिकामा दुई हजार ७९६ घरधुरी भूकम्पपीडितमध्ये रु ३ लाख घर निर्माण अनुदान पाउने करिब ४२७ जना रहेको नगर कार्यपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताए ।

नगरको पहिलो बैठकबाट धनकुटा बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थापन, राजश्व परामर्श, बजेट तर्जुमा, स्रोत अनुमान लगायतका १३ वटा समिति गठन गरेको धनकुटा नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार ००:००