२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदुरको बजेट रु ५७ करोड



नुवाकोट । विदुर नगरपालिकको प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि ५७ करोड ८८ लाखको बजेट पारित गरेको छ ।

चालु खर्चतर्फ रु ३४ करोड ४३ लाख १८ हजार र पुँजीगत खर्चतर्फ रु २३ करोड ४५ लाख ७८ हजार बजेट पारित गरिएको छ । नगर उपप्रमुख गीता दाहालले प्रस्तुत गरेको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

आन्तरिक आय एक करोड, सशर्त अनुदान १८ करोड ७१ लाख, सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान २६ करोड २४ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त अनुदान एक करोड, राजिष्ट्रेसन दस्तुर ८० लाख, सामाजिक सुरक्षा कार्यक्रम सात करोड ५० लाख, लगत सहभागिता एक करोडलगायतको बजेट नगरसभाले पारित गरेको छ । रासस

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार ००:००