१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनढुंगा उत्खनन बन्द हुने




अर्घाखाँची
। सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले स्थानीय बासिन्दाको चाहना विपरीत नरपानीमा सञ्चालन गरिएको चुनढुंगा खानी बन्द गरिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले आज (बिहिबार) आयोजना गरेको कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख भुसालले नरपानीस्थित चुनढुंगा खानीलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताए ।

चुत्राबेँशी बजार नजिक बागीखोलामा आकाशे पुल र सुपादेउराली मन्दिरमा केबलकारको व्यवस्था गरिने उनको भनाइ थियो । यस्तै नगर उपप्रमुख ठाकुरकुमार विकले कृषि उत्पादन हुने क्षेत्रमा माटो परीक्षण गरेर माटो सुहाउँदो खेतीमा जोड दिइने बताइन् । रासस

प्रकाशित मिति : २९ असार २०७४, बिहिबार ००:००