१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलीडाँडा–पिपलधारा सडक निर्माणको काम तीव्रगतिमा

लेखक स्थानीय खबर २८ असार २०७४, बुधबार १ मिनेट पढाइ


भोजपुर
। भोजपुर सदरमुकामको प्रवेशद्वार हेलीडाँडा–पिपलधारा सडक निर्माण तीव्ररुपमा भइरहेको छ । नगरपालिकाको रु दुई करोड ६७ लाख बराबरको योजना मार्सेली निर्माण सेवाले ५५५ मिटर सडक निर्माण गरिरहेको छ ।

यही वैशाख २४ गते सम्झौता गरिएको योजना असार मसान्तभित्र सक्नुपर्ने भएकाले काम तीव्ररुपमा भइरहेको मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठले बताए । ठेकेदार श्रेष्ठका अनुसार सडक निर्माण तथा कालोपत्रको काम भइरहेको छ ।

यसैबीच, सडक निर्माणका बेला सवारीसाधन बन्दले मार परेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका थिए तर वर्षाका कारण भोजपुर–लेगुवा सडकखण्डको करिब ३० किलोमिटर बाटो अवरुद्ध भएपछि सदरमुकाम आउने सबै यातायात ठप्प रहेका छन् । रासस

प्रकाशित मिति : २८ असार २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।