१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाटो मर्मत नहुँदा अस्पताल आउने विरामीलाई सास्ती



असार २७, जाजरकोट । बाटो मर्मत हुन नसक्दा बिरामीलाई बोकेर आउने एम्बुलेन्ससमेत जिल्ला अस्पतालमा आउन सकेको छैन् । विगत एक महिनादेखि भत्किएको उक्त बाटोे मर्मत हुन नसक्दा उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई करिब ४ सय मिटर टाढा नै ओर्लिएर हिड्नुपर्ने बाध्यता छ ।

उपचारका लागि आउने बिरामी, औषधि र अन्य सामग्रीलाई मानिसले बोकेर अस्पताल परिसरसम्म ल्याउँदा चर्को मूल्य तिर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सुब्बा लमबहादुर खड्काले बताए । तीन वर्षअघि खलङ्गा रिम्ना सडकअन्र्तगत पर्ने उक्त सडकसँग जोडेर बैकल्पिक बाटो निर्माण गरे पनि अहिले त्यो पनि सञ्चालन हुन सकेको छैन् । अहिले दैनिक बिरामी बोकेर अस्पताल ल्याउने गरिँदै आएको छ । रासस

प्रकाशित मिति : २८ असार २०७४, बुधबार ००:००