१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक कालोपत्रे चाँडो गर्न ध्यानाकर्षण




खोटाङ
। मध्यहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रका कामलाई चाँडो र गुणस्तरीयरुपमा गर्न ठेकेदारको ध्यानाकर्षण गराइएको छ ।

मङ्गलबार रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा दिक्तेलमा आयोजित सर्वदलीय बैठकले निर्माण सम्बद्ध ठेकेदारलाई सडक कालोपत्रका काम गुणस्तरीयरुपमा चाँडो पूरा गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

सडक कालोपत्रका काममा ठेकेदारले ढिलाइ गरिरहेको र गुणस्तर कायम गर्न नसकेको जनगुनासो आएकाले परामर्शदाता कम्पनी, दलका नेता, प्रशासन, स्थानीय लगायतसंग भएको छलफलबाट ठेकेदारलाई खबरदारी गर्ने निर्णय गरिएको रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । करिब रु ७५ करोडको लागतमा सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र गर्नेगरी २०७१ साउनमा काम थालिएको थियो ।

हलेसी–विजुले, विजुले–हुर्लुङ तथा हुर्लुङ–दिक्तेल गरी तीन खण्डमा विभाजन गरेर कालोपत्रका काम सुरु गरिएको दिक्तेल–हलेसी सडक कालोपत्रका काम औसतमा ५० प्रतिशत मात्र पूरा भएको छ ।

तीन वर्षअघि देखि कालोपत्रको काम थालिएको उक्त सडक चाँडो सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत निर्देशन दिए पनि अझै पुरा हुन सकेको छैन । रासस

प्रकाशित मिति : २८ असार २०७४, बुधबार ००:००