१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैदलमार्ग बगाउँदा हिँडडुल गर्न समस्या

लेखक स्थानीय खबर २७ असार २०७४, मंगलबार १ मिनेट पढाइ


रसुवा
। विकट यार्साको मेरगाङ जाने बाटो वर्षाको भलपानीले बगाउँदा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ ।

स्थानीयवासी कान्छा थोक्राका अनुसार जनश्रमदानबाट बनाइएको बच्चादेखि मेरगाङसम्मको करिब एक किमी पैदल मार्ग पटकपटकको वर्षाले बगाएपछि त्यस भेगका नौ घरपरिवार एक गाउँबाट अर्को गाउँ जान वञ्चित भएका छन् ।

सो ठाउँमा बढी भिर भएकाले पुनःनिर्माण गर्न श्रमदानबाट सम्भव नभएकाले पीडित पक्षले स्थानीय तहसमक्ष सहयोगको अपेक्षा गरेको छ । नौकुण्ड गाउँपालिका वडा नं २ का बच्चा र मेरगाङका बासिन्दा वाटो निर्माणका लागि सबै क्षेत्रबाट सहयोग मिल्नेमा आशावादी भएको थोक्राले बताए । रासस

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।