१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकी करिडोरको ट्रयाक खुल्यो



ध्रुवसागर शर्मा, बेनी । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि ट्रयाक खुलेको हो ।

ट्रयाक खुले पछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोडिएको छ । सुनौलीदेखि तिब्बतसम्मको दुरी ३ सय ४५ किलोमिटर छ । यस बर्ष वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रयाक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । निर्माण कार्यदलका सहायक रथी उद्धव विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्न सक्ने बताए ।

बिष्टका अनुसार बागलुङ खण्डमा मात्रै करिब ५६ करोड रुपैयाँ खर्च भएको छ । करिडोरको ट््याक खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टराईले बताए ।

‘दुई देशलाई जोड्ने छोटो सडक निर्माण भएको छ,’ भट्टराईले भने,’ “निकै जोखिम मोलेर ठूला भिर–पहरालाई फोर्दै ट्रयाक खोल्यौं ।” असार मसान्तसम्म ट्रयाक खोल्ने प्रतिबद्धता जनाएको सेनाले एक साताअघि बिहीबार नै ट्रयाक खोलेको जनाएको छ । बागलुङमा मात्रै करिडोरमा पर्ने खोलाहरूमा ४ वटा बेलिब्रिज निर्माण गर्नुपर्ने छ ।

ट््याक खुलेसँगै अब भारतीय पर्यटक कालीगण्डकी नदीको किनारैकिनार भएर हिन्दू र बौद्धधर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जान र चीनका बौद्धधर्मावलम्बी पनि सोही मार्ग हुँदै लुम्बिनी पुग्न सक्ने छन् । यो करिडोरले नेपाल, भारत र चीनको त्रिदेशीय व्यापार अभिवृद्धि गर्न सघाउ पु¥याउनुका साथै भारत र चीनबीच ‘कनेक्टिभिटी’मा महत्वपूर्ण योगदान दिनेछन् ।

करिडोरमा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दीलगायत प्रसिद्ध मठ–मन्दिर रहेकाले धार्मिकरुपमा पनि महत्वपूर्ण छ । करिडोरको नवलपरासीदेखि बागलुङको मालढुङ्गासम्म २८ मोटरेवल पुल बनाउनुपर्ने कालीगण्डकी करिडोरको आयोजना कार्यालयले जनाएको छ । ट्रयाक खोलेपछि आगामी वर्षबाट कालोपत्रे सुरु गर्ने तयारी छ । रासस

प्रकाशित मिति : २४ असार २०७४, शनिबार ००:००