२९ माघ २०८१, मंगलबार | Tue Feb 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखाको गण्डकी गाउँपालिकाले दिगो विकासको दिर्घकालिन लक्ष्य निर्धारण



गोरखाको गण्डकी गाउँपालिकाले दिगो विकासको लागि दिर्घकालिन लक्ष्य निर्धारण गर्ने भएको छ । पर्यावरणीय लोकतन्त्रका लागी दक्षिण एसियाली संवाद (सोडेक) र राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नफान) ल आयोजना गरेको कार्यक्रममा यस बिषयबारे छलफल भएको छ ।

गण्डकी गाउँपालिकाको भूम्लिचोकमा योजना निर्माण र दिगो विकास सम्वन्धमा नव निर्वाचित पदाधिकारीहरू,सरकारी कर्मचारी, शिक्षक, दलका प्रतिनिधीहरू बीच छलफल भएको छ । कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका डा. उद्धव प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक, वातावरणीय र आर्थिक पक्षको सुक्ष्म विश्लेषण गरेर मात्रै गाउँपालिकाको योजना निर्माण गर्नु पर्नेमा जोड दिए ।

नफानका अध्यक्ष भोला भट्टराईले दुरदृष्टि र योजना तर्जुमाबारे खाका प्रस्तुत गर्दै गाउँपालिकामा उपलब्ध स्रोत साधनको अवस्था संकलन गर्नुपर्ने बताए । खाकामा प्रोफाइल तयारी, विकासको समस्या, दिर्घकालिन तथा अल्पकालिन योजना, लागत र अनुगमन÷मुल्यांकनका विविध पक्षहरु समेटिएको थियो ।

वडास्तरसम्म जानकारी प्रवाह र क्षमता विकास आवश्यक भएको वडाध्यक्ष नवराज श्रेष्ठले बताए । स्थानीयस्तरमा सेवाप्रवाह र क्षमता विकासमा सेडेडले कार्यक्रम आयोजना गर्दै जाने सोडेकका प्रतिनिधि योगेन्द्र विजय दाहालले बताए ।

कार्यक्रममा कृषक, शिक्षक, दलीय प्रतिनीधि जनप्रतिनिधिहरूले गण्डकी गाउँपालिकाले शिक्षा,स्वास्थ्य, वन, कृषि,यातायात, भौतिक संरचना,खानेपानी आदि विषयगत योजना निर्माण गर्दा ध्यानदिनु पर्ने विषयहरु वारे धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ असार २०७४, शुक्रबार ००:००