७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रम्भा गाउँपालिकामा एमाले विजयी



रामपुर (पाल्पा) । रम्भा गाउँपालिकाको गाउँ अध्यक्षमा नेकपा एमालेका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । उनले चार हजार ७६७ मत ल्याई विजयी बनेका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक फालले चार हजार ९८ मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधा श्रेष्ठले चार हजार ७८६ मत ल्याई विजयी बनेकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुमाया सिञ्जालीले चार हजार १३९ मत पाएकी छन् ।

वडा नं १ मा एमालेका कृष्णप्रसाद रेग्मीले एक हजार ३२९ मत ल्याएर उनको प्यानलै विजयी भएको छ । वडा नं २ मा एमालेका उमानसिंह सारु सहितको प्यानल विजयी भएको छ । वडा नं ३ मा नेपाली कांग्रेसका थमनबहादुर गाहा सहितको प्यानल विजयी भएको छ ।

यसैगरी, वडा नं ४ मा एमालेका भोजबहादुर विक निर्वाचित भएका छन् । वडा नं ५ मा एमालेका खुमकान्त बस्याल सहितको प्यानल विजयी भएको छ । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००