तेह्रथुम । मेन्छ्यायेम गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा विजयी एमालेका यादवबहादुर खापुङले १ हजार ६८३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउबहादुर लिम्बूले १ हजार ४९६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा भने कांग्रेसकी गीतादेवी तिम्सिनाले १ हजार ४८६ मत प्राप्त गरि विजयी भएकी छन् भने उनका प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शङ्करले १ हजार ४२० मत प्राप्त गरेकी छन् । मेन्छ्यायेम गाउँपालिकाका वडा नं १, २, ३ र ४ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको छ । रासस
प्रतिक्रिया