१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोरम नेपालको सुरुवाति जीत, बाँकेको नरैनापुरमा विजयी



खजुरा, बाँके । बाँकेको नरैनापुरमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएको छ । अध्यक्षमा इश्त्यिाक अहमद साहले ४ हजार ८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेका रामचन्द्र मौर्यले ३ हजार ३८८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकी जयन्तीदेवी श्रीवास्तवले ३ हजार ४४ मत प्राप्त गरी विजयी भएकीछन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अतिकुन निशाले २ हजार ५९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार ६ वटा वडा रहेको नरैनापुर गाउँपालिकाको वडा नं. १, २ र ४ को वडाध्यक्षमा सङ्घीय समाजवादी र वडा नं. ३, ५ र ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेपालगन्ज –३ मा माओवादी केन्द्र र ४ मा राप्रपा विजयी

पछिल्लो मतपरिणाम अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ को वडाध्यक्षमा माओवादी केन्द्रका अयुब सिद्धिकीले ५ सय २४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अब्दुल ताफिक अन्सारीले ४ सय ५० मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा नं. ४ को वडाध्यक्षमा राप्रपाका सफिफ बेहनाले ६९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतबहादुर गुरुङले ५ सय २४ मत प्राप्त गरेका छन् । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवल शम्शेर राणाले ३ हजार ८ सय १ मत ल्याएर अग्रस्थानमा छन् । नेपाली काँग्रेसका डा सुरेशकुमार कानौडियाले २हजार ९०५ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००