५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीकाे दग्नाम गाउँ सडक सञ्जालसँग जोडियो



म्याग्दी । रघुगङ्गा गाउँपालिका– ४ दग्नाम सडक सञ्जालसँग जोडिएको छ । छिमेकी गाउँ मौवाफाँटदेखि सडक विस्तार थालेको सात वर्षपछि दग्नाम गाउँमा सडकको ट्रयाक विस्तार भएको हो ।

मौवाफाँटदेखि झन्डै ५ किलोमिटर सडक विस्तार गरी दवाङ भीरको अक्करे पहाडमा कडा चट्टान भेटिए पछि निर्माणमा ढिलाइ भएको थियो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दग्नामका वडाअध्यक्ष एकबहादुर गर्बुजाका अनुसार यस बर्ष उक्त सडकका लागी ६५ लाख रुपैयाँ विनियोजन भएको थियो । यो रकम स्थानीय यातायात पूर्वाधार विकास कोष र जिल्ला समन्वय समितिबाट विनियोजन भएको हो ।

पर्याप्त बजेट विनियोजन भए पनि ढिला निकासाका कारण सबै बजेट खर्च गर्न हम्मेहम्मे परेको उपभोक्ता समितिले जनाएको छ । सदरमुकाम बेनीदेखि नजिकै भए पनि अक्कर र कडा चट्टानलाई काट्न नसक्दा दग्नाममा अहिलेसम्म पनि यातायत पुग्न सकेको थिएन । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००