रामपुर , पाल्पा । निस्दी गाउँपालिका–१ र ७ मा नेपाली कंग्रेसको पुरै प्यान विजयी भएका छन् । वडा नं १ मा अध्यक्ष पदमा कांग्रेसका पूर्णबहादुर खाँणले जितेका छन् । उक्त वडामा कंग्रेसको प्यानल नै निर्वाचित भएका छन् । खाँणले ६ सय ६८ मत ल्याएका छन् उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का टुकबहादुर सोतीले ४ सय ९३ मत प्राप्त गरेका छन् ।
यस्तै, वडा नं ७ मा कांग्रेसका गगन सिंह सोतीले अध्यक्षसहित पूरै प्यानल विजयी भएका छन् । सोतीले ६ सय ७५ र उनका निकटतम् प्रतिद्वन्द्वि एमालेका भीमबहादुर थापाले ५ सय ९३ मत प्राप्त गरेका छन् ।
रामपुर नगरपालिका–१ मा एमाले
यसैगरी, पाल्पाको रामपुर नगरपालिका–१ मा एमालेको प्याननै विजयी भएको छ । एमाले र माओवादी केन्द्रबीच तालमेल भएको त्यस वडामा एमालेका उम्मेदवार मित्रलाल कँडेलले ७ सय ८५ मत प्राप्त गरेका छन् । कँडेलका निकटतम् प्रतिद्वन्द्वी कपिलबहादुर खाँडले ६ सय २६ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया