१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन सय सात तहको मतगणना सुरु



काठमाडौँ । दोस्रो चरणअन्तर्गत बुधबार सम्पन्न भएको ३३४ स्थानीय तहको निर्वाचनमध्ये ३०७ स्थानीय तहको मत गणना सुरु भएको छ ।

तीमध्ये २५ स्थानीय तहको मत गणना सुरु हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट ल्याइएको र ताप्लेजुङ जिल्लाको एउटा मतदान स्थलको मतपेटिका सङ्कलन हुने क्रममा रहेको प्रवक्ता शर्माले बताए ।

बुधबार मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाउँपालिका वडा नं १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को पाण्डु मावि मतदान केन्द्रमा शुक्रबार मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी विराटनगर र सुनसरीमा मतगणना अनुगमनका लागि सहसचिव सुशील कोइरालाको नेतृत्वमा केन्द्रीय अनुगमन टोली खटाएको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००