४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान



काठमाडौं । दोस्र चरणको स्थानीय निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको छ । प्रदेश नं. १, ५ र ७ अन्तर्गतको ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधवार मतदान भएको हो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणानुसार प्रदेश नं १ मा ७२.४९, प्रदेश नं ५ मा ७५.३४ र प्रदेश नं ७ मा ७३।०५ प्रतिशत मतदान भएको छ ।

यसैगरी ती प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना सुरु भएको आयोगद्वारा यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रदेश नं १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको उल्लेख छ । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००