७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेस बन्द गर्दा जनता आक्रोशित



महेन्द्रनगर, धनुषा । राष्ट्रिय जनता पार्टी नेपालको निर्वाचनलक्षित बन्दका कारण प्रदेश नं. २ का जनता आक्रोशित भउका छन् ।

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदान भइरहँदा राजपाले निर्वाचनको विरोधमा बुधबार मधेस बन्दको आह्वान गरेको थियो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र दोस्रो चरणको निर्वाचनलाई तराईका ८ जिल्लामा मात्र तेस्रो चरणमा सारिएको अवस्थामा राजपाले चुनाव नै नभइरहेको ठाउँमा औचित्यहीन रुपमा बन्द गर्दा स्थानीयवासीमा आक्रोश उत्पन्न भएको हो ।

राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले तेस्रो चरणमा निर्वाचन सारिए पनि समर्थनमै रहेका जनतालाई पटकपटक दुःख दिन बन्द आह्वान गरिने गरिएको सर्वसाधरणको आरोप छ । सामाजिक सञ्जालमा बन्दको औचित्य र आवश्यकता विषयमा राजपा नेतासँग प्रश्न गरिएको छ भने कतिपयले त आक्रोशित हुँदै राजपालाई गालीसमेत गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राजपाले कार्यकर्तालाई स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिन पठाएर जनतालाई मूर्ख बनाउन बन्द आह्वान गरेको भनि आक्रोस पोखेका छन् ।

राजपाले आह्वान गरेको बन्दले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा जनजीवन मात्र प्रभावित भएको थियो । बन्द आह्वानकर्ताले बुधबार बिहानदेखि जनकपुरको प्रमुख प्रवेशद्वार रामानन्द चोकलगायत विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

हड्तालका कारण यस क्षेत्रको यातायात, करकारखाना, उद्योग र विद्यालय बन्द भएको र सरकारी कार्यालयमा पनि बन्दका कारण सेवाग्राहीको चाप कमै देखिएको थियो । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००