२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यादी प्रहरीको हेलिकप्टरमा उद्धार

लेखक स्थानीय खबर १४ असार २०७४, बुधबार १ मिनेट पढाइ

रुकुम । झाडापखालाका कारण गम्भीर बिरामी भएकी एक म्यादी प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

सिस्ने गाउँपालिका– १ पाखापानी मतदान केन्द्रमा खटिएकी म्यादी प्रहरी २३ वर्षीया सीता बिसीलाई सेनाको हेलिकप्टरमा उद्धार गरी सदरमुकाम मुसिकोट ल्याइएको छ ।

चौरजहारी नगरपालिका– ६ घर भएकी बिसी पखालाबाट केही दिनदेखि सिकिस्त थिइन । बोल्नै नसक्ने अवस्थाकी बिसीलाई सुर्खेतबाट हवाईगस्तीमा रुकुम आएको सेनाको हेलिकप्टरले उद्धार गरी उपचारका लागि मुसिकोटस्थित जिल्ला अस्पताल ल्याएको प्रहरी नायव उपरीक्षक अङकुर जिसीले जानकारी दिए । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।