गाईघाट । गएराति रौतमाई गाउँपालिका– ७ मा नेपाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ का वर्षीय भरत बस्नेत, रौता– ७ का तिलक तामाङ र ४६ वर्षीय धु्रव खड्क रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
उनीहरूबाट दुई थान बम र केही हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताए । कटारी नगरपालिका– १ बाट एक र गाईघाटबाट दुई जना यसअघि पनि पक्राउ परेका थिए । रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।