१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागी उम्मेदवारको साधारण सदस्यता खारेज गर्ने राप्रपाकाे चेतावनी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने चेतावनी दिएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माण गर्न महेनत तथा त्याग गरेका कार्यकर्तालाई टिकट दिइएको पार्टीका नेता राजाराम श्रेष्ठले बताए । त्यस्ता कार्यकर्तालाई पराजित गराउन बागी उठ्नेलाई कारवाही गरिने श्रेष्ठले जानकारी दिए ।

पार्टीले यही असार १४ गते हुने ३ सय ३४ स्थानीय तहको निर्वाचनमा पार्टी मातहतका जनवर्गीय सङ्गठनहरूलाई वडास्तरीय निर्वाचन समितिसँग समन्वय गरेर प्रचारप्रसार गर्न निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनमा अपेक्षा गरेअनुसार सफलता नपाएपछि यस पटक प्रचारप्रसारलगायतका राजनीतिक गतिविधिलाई तीब्रता दिइएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए । पाठकका अनुसार करिब ३ सय स्थानीय तहमा पार्टीले उम्मेदवारी दिएको छ ।

पार्टीले जित्ने सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने र जित्न सक्ने स्थानमा अरु दलको सहयोग लिएर तालमेल गर्ने नीति लिएको छ । यस पटक पार्टीका शीर्ष नेताहरू पनि चुनाव प्रचारप्रसारका क्रममा विभिन्न जिल्लामा खटिएका छन् । रासस

प्रकाशित मिति : १० असार २०७४, शनिबार ००:००