६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यविनायक–जगाती सडक अतिक्रमण हटाइँदै



भक्तपुर ९ असार । व्यापारीले कब्जा गर्दा रोकिएको सूर्यविनायक चोकदेखि जगाती चकुखोलासम्मको सडक अतिक्रमण हटाएर फराकिलो गर्ने काम सुरू भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त सडकखण्ड फराकिलो पार्न खोजे पनि स्थानीयवासी र व्यापारीको अबरोध पु¥याउँदै आएका थिए ।

निर्वाचित जनप्रतिनिधि आएपछि सडक बिस्तारले गति लिन लागेको हो । बिहीबार सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा गएको टोलीले बिस्तारको काम थालेको छ । टोलीमा सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी छन् । अरनिको राजमार्ग अन्तर्गतको उक्त सडकको चौडाई ८२ फिट रहेको र सो मापदण्ड मिचेर व्यापारीले सडक कब्जा गर्दै आएका थिए । मापदण्ड मिचेर राखिएका निर्माण सामग्री हटाउन र टहरा भत्काउन थालिएको हो ।

डिभिजन सडक कार्यालयले पटक पटक सामान हटाउन र टहरा भत्काउन सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि सरकारी निकायहरू नै भत्काउन अघि सरेको कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले बताए । सूर्यविनायकदेखि जगातीसम्मको अतिक्रमित क्षेत्रका घरेबेटी र पसलवालाले तीन दिन समय मागे पछि शनिबार सम्मको समय दिइएको छ ।

सडकमा कतिपय व्यापारीले बालुवा, रोडा, ढुङ्गा, डन्डी लगायतका निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए । कतिपयले भने टहरा हालेर व्यापार गर्दै आएका थिए । रासस

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार ००:००