६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा निर्वाचनको व्यवस्थापकीय चुनौती



नेपालगन्ज, ७ असार । दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ ।

असार १४ गते हुने निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगन्जसम्म पु¥याउन र मतदान केन्द्रसम्मको बाटो सहज बनाउनेलगायतका चुनौती थपिएको हो ।

‘बाँकेमा सुरक्षा अवस्था चुस्त बनाएका छौं । तर मतदानको दिन र त्यसपछिका दिनमा पानी प¥यो भने मतपत्र सुरक्षित राख्नु पर्ने चुनौति आउँछ,” बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने ।

विशेषतः बाँके जिल्लाका राप्ती नदीपारीका ग्रामीण क्षेत्रमा पुग्न पक्की सडक छैन, वर्षयाममा नदीमा पानीको बहाव अधिक हुने भएकाले सवारी साधनलाई आउजाँउ गर्न कठिन हुन्छ । ‘राप्तीपारी हुने मतदानको मतगणना गर्ने व्यवस्था हामीले राप्तीसोनारी गाउँपालिकाको नरैनापुरमा मिलाएका छाँै,” उनले भने, “ठूलो दैवीप्रकोप वाहेक अन्य अवस्थामा निर्वाचनका लागि त्यति ठूलो समस्या नआउँला !”

बाँकेमा आजदेखि मनसुने झरी पनि सुरु भएको छ । निर्वाचन आउन अभैm एक साता बाँकी भएकाले निर्वाचनका दिन ठूलो झरी नपरे हुन्थ्यो भन्ने कामना यहाँका राजनीतिक दल, उम्मेदवार र मतदाताले गरेका छन् ।

अर्कोतर्फ जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारलाई हिजो निर्वाचन चिन्ह प्रदान गरेपछि चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा बैजानाथपुर, डुडुवा, जानकी, खजुरा, नरैनापुर र राप्ती—सोनारी गाउँपालिका गरी ८ स्थानीय निकायमा ४ सय २१ पदका लागि निर्वाचन हुदँैछ ।

कूल २ लाख ४६ हजार ७८ मतदाताले भएको बाँकेमा १ लाख २५ हजार ९३३ महिला, १ लाख २० हजार ८४ महिला र ३ जना तेस्रोलिङ्गी छन् ।क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, जिल्लामा १ सय ३६ मतदान स्थलका लागि २ सय ९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : ७ असार २०७४, बुधबार ००:००