१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पामा चार पत्रकार चुनावी मैदानमा



रोल्पा, ७ असार । रोल्पामा ४ जना पत्रकार स्थानीय निर्वाचनमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने भएका छन् । प्रेस युनियन रोल्पाका अध्यक्षसमेत रहेकी कविता उपाध्याय सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछिन् ।

सोही गाउँपालिकाको वडाध्यक्षमा नेकपा (एमाले) का शशीराम कुँवरले उमेदवारी दर्ता गराए छन् । लामो समय माओवादी आन्दोलनमा लागेका कुँवर केही दिनअघि एमालेमा प्रवेश गरेका थिए । कुँवर स्थानीय सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत थिए ।

जिल्लाको सुनछहरी गाउँपालिकाको वडाध्यक्षमा अर्का प्रत्रकार अमरजित पुनले उम्मेद्वारवी दिएका छन् । रेडियो जलजलामा कार्यरत पुन माओवादी केन्द्रबाट वडाध्यक्षमा उठेको हो ।

यसैगरी, पत्रकारिता त्यागेर तेजकुमारी बिष्ट चुनावी मैदानमा उत्रिएकी छिन् । विष्ट सुवर्णावती गाउँपालिकाको १ नं वडाबाट नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा प्रतिस्पर्धा गर्दैछिन् । रासस
–––––––

प्रकाशित मिति : ७ असार २०७४, बुधबार ००:००