१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरेन्द्रनगर नगरपालिकाले दमकल किन्यो



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दमकल खरिद गरेको छ । नगरपालिका गठन भएको ४१ वर्षपछि नगरपालिकाले ६० लाख रुपैयाँ पर्ने दमकल खरिद गरेको हो । साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा आगलागीलगायतका विपद्मा समस्या पर्दै आएको थियो ।

जनस्तरबाट चर्को दबाब खेपिरहेको नगरपालिकाले स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर शनिवार ल्याएको हो । वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ जिन्सी सहायक खड्ग केसीले नगर कार्यपालिकाको बैठक बसेर मेकानिकल इन्जिनियरको प्राविधिक परीक्षण र प्रतिवेदनका अधारमा दमकल सञ्चालन गर्ने जानकारी दिए ।

“दमकल सञ्चालनका लागि सवारी चालक र फायर म्यान गरेर पाँचजना कर्मचारी आवश्यक पर्छ”, केसीले भने, “पदपूर्ति गर्न समय लाग्ने भएकाले तत्कालका लागि भएको जनशक्ति नै परिचालन गर्ने तयारीमा छौँ ।” दमकल निर्माण कम्पनीले नगरपालिकासँग रहेका पाँचजना कर्मचारीलाई दमकलसम्बन्धी आवश्यक प्रशिक्षण दिने पनि उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ५ असार २०७४, सोमबार ००:००