८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाेल्पाकाे त्रिपुरा–सुन्दरी नगरपालिका राष्ट्रिय सडक सञ्जालमा जोडियो



रामचन्द्र न्यौपाने

डोल्पा, त्रिपुराकोट । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । जाजरकोट डोल्पा सडकखण्डको ११७.७ किलोमिटर त्रिवेणी–करोपगाड सडक खण्ड निर्माण भएपछि त्रिपुरा–सुन्दरी नगरपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

करोपगाड–खदाङखण्डको काम पनि अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ । उक्त सडक अन्तर्गत अहिले कुच्चीभीरको निर्माण भइरहेकोे छ ।

तस्बिरः रासस

आउँदो दसैँभित्रै त्रिपुरा सुन्दरी नगरपालिकाको खदाङमा सडक पु¥याउने र वर्षौंदेखि खच्चडबाट ल्याइएको खाद्यवस्तु प्रयोग गर्दै आएका डोल्पालीलाई दसँैमा ट्याक्टरबाट ल्याइएको चामल पु¥याउने सेनाको लक्ष्य छ ।

अब डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडकपुग्न ८.५ किमी मात्र बाँकी छ । बाँकी सडक भीर पहारायुक्त भए पनि निर्माण सम्पन्न गरिछाड्ने अठोटका साथ काम गरिरहेको निर्माण कार्यदलका प्रमुख कर्नेल विश्वबन्धु पहाडी जानकारी दिए ।

भेरी करिडोर नाम दिइएको उक्त सडकखण्डले चीनको स्वशासित क्षेत्र तिब्बत–मोरिम्ला भञ्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगन्ज हुँदै भारतको रुपैडिहा नाका जोड्ने भएकाले पनि यस सडकखण्डलाई व्यापारिक हिसावमा समेत महत्वपूर्ण सडकको रुपमा हेरिएको छ ।

भारत र चीन दुई छिमेकी मुलुकबाट प्रसस्त अवसर लिन सकिने सम्भावना भएकाले राज्यले उक्त सडकलाई रणनीतिक महत्वको रूपमा लिएको छ । रासस

प्रकाशित मिति : ४ असार २०७४, आइतबार ००:००