८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारको ठूला आश्वासन मतदाताले पत्याएका छैनन्



नीरज गौतम

नेपालगन्ज । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका सबैजसो उम्मेदवारले ५ वर्षभित्र नेपालगन्ज सहरको कायापलट गर्ने मतदातालाई आश्वासन दिने गरेका छन् ।

तर, यहाँका मतदाता भने उनीहरूको आश्वासन पत्याउन तयार छैनन् । “सँधै बर्षायाममा डुबानको समस्या भोग्ने यो सहरको कायापलट ५ भित्र गर्छु भन्नु मत लिने ठाडो भूmठ मात्रै हो,” नेपालगन्ज–१३ का मतदाता हरिनारायण पौडेल भन्छन््, “नेपागञ्जबासी स–साना समस्याबाट पिडित छन् । गर्न सक्ने, पत्याउन सक्ने आश्वासन दिनु पछृ ।”

महत्वकांक्षी र पुरा गर्नै नसक्ने खालका आश्वाशन दिनुलाई मतदाताको चेतनास्तरलाई कम आकलन गरेको शिक्षित मतदाताहरूको आरोप छ ।  हुन पनि नेपालगन्ज उपमहानगरपालिका नेपालकै फोहरी नगर भन्ने गरेको बर्षैं भयो । सहरभित्र स्तरीय बाटोघाटो छैन, पानीको निकास छैन, ढल छैन, छाडा चौपाया नियन्त्रण हुन सकेको छैन, गाँउसँग नगरलाई सडक सञ्जालले जोड्न सकिएको छैन । यस्ता समस्याहरू समाधान गर्छु भनेर उम्मेदवारले आश्वासन दिएको भए मतदाताले पत्याउने आधार हुन्थ्यो ।

नेपालगञ्जका चिडिमार, घसियारा समुदायको दैनिक जीविकोपार्जनको समस्या, सहरभित्र जम्मा ५ वटा मात्रै शौचालय हुनु, सडक पेटीको अतिक्रमण हुनु, ट्राफिक नियमको पालना गराउन नसक्नु प्रमुख समस्याहरू हुन् । समस्या कतिसम्म जटील छन् भने बाँकेलाइ वाल श्रममुक्त जिल्ला घोषणा गरेपनि नेपालगञ्जभित्र अझै ३ हजार वालश्रमिक छन् ।

तर, नेपालगन्जका मेयरका उम्मेदवारहरू भने ठूला कुरा गरेर मत पाउने मानसिकताबाट प्रभावित हुनुले आम मतदाताको मन जित्न नसक्ने निश्चित छ । “स्थानीय निर्वाचन भएकाले टोलवासी, नगरवासीको दैनिक समस्या समाधान गर्ने कुरा उम्मेदवारले मतदातासँग गर्नुपथ्र्यो,” राजनीतिक विश्लेषक डा. जनार्दन आचार्य भन्छन्, “राष्ट्रियस्तरको विकास निर्माणमा आधारित आश्वासनलाई मतदाताले पत्याउने छैनन ।”

अहिले आ–आफ्नो पार्टीको झण्डा, चुनाव चिन्ह अंकित पर्चा, पोष्टर बोकेर माइकिङ्ग गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारहरू घरदैलोमा पुगेर मतदातासँग साक्षात्कार गर्न व्यस्त छन् । नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा भने तीन ठूला दलबीच नै कडा प्रतिस्पर्धा हुने राजनीतिक वृत्तको अनुमान छ ।

नेपालगञ्ज उपमहानगरमा नेपाली कांग्रेसले मेयरमा डा. सुरेशकुमार कनौडिया, एमालेले समसुद्धिन सिद्धिकी, माओवादी केन्द्रले दामोदर आचार्य र राप्रपाले डा. धवल शम्शेर राणालाई उम्मेदवार बनाएका छन् । नेपालगञ्जको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख बसन्तराज अधिकारीका अनुसार बाँके जिल्लामा २ लाख ४६ हजार ७८ मतदाता छन् । कूल मतदातामध्ये महिला १ लाख २५ हजार ९३३, पुरुष १ लाख २० हजार ८४ र तेस्रो लिङ्गी एक जना छन् । रासस

प्रकाशित मिति : ३ असार २०७४, शनिबार ००:००