१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा चुनावी रौनकः पत्रकारले राजिनामा दिन थाले



उदयपुर। स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि उदयपुरका पत्रकारहरू धमाधम राजिनामा दिन थालेका छन् ।उम्मेद्वारी बन्ने व्यक्ति नेपाल पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने भएपछि राजिनामा दिन थालिएको हो । पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले उम्मेद्वार बन्ने भए राजिनामा दिनुपर्ने निर्देशन दिएपछि राजिनामा दिन थालिएको हो ।

नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरमा हालै सदस्य निर्वाचित भएका सदस्य सुपराज राईले मङ्गलबार ्वर्तमान कार्यसमितिको सदस्यबाट राजीनामा दिएका छन् । राईले आफू त्रियुगा नगरपालिका–१० बाट दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा वडा सदस्यको उम्मेदवार बनेका कारण राजीनामा दिएको बताए ।

सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य तथा रेडियो त्रियुगा एफएमका प्रमुख समाचारदाता ईश्वर बलाम्पाकी मगर पनि राजीनामा दिने तयारीमा छन् । मगरले त्रियुगा नगरपालिका–१६ बाट वडा सदस्य पदमा एमालेबाट उम्मेदवार दिँदै छन् ।

यसैगरि संघका वर्तमान कार्यसमितिका अर्का सदस्य यमकुमार राईले पनि त्रियुगा नगरपालिका–७ खाँबुबाट वडाध्यक्षमा उम्मेदवार बन्दैछन् । यसैगरि सङ्घका कोषाध्यक्ष विश्वराज तामाङले पनि त्रियुगा नगरपालिका–१० बाट वडा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

राई र तामाङ दुबैले राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले बताए । सुपराज राई माओवादी केन्द्र र ईश्वर मलाम्पाकी मगर एमालेको वडा सदस्यका उम्मेद्वार हुन् । यस्तै, तामाङ र यमकुमार नेपाली कांग्रेसको वडाध्यक्ष र सदस्यका उम्मेदवार रहेको पनि सङ्घका अध्यक्ष भरत खड्काले बताए । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७४, बुधबार ००:००