१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन्दुमा झोलुङ्गे पुल निर्माण



बाबियाचौर (म्याग्दी) । अन्नपूर्ण गाउँपालिका– ५ शिखको किन्दुस्थित घारखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

कादुरी एग्रीकल्चर एड एसोसियसन, ब्रिटिस गोर्खाज नेपाल परियोजनाको सहयोगमा पुल निर्माण भएको हो । ७७ मिटर लामो सो पुल निर्माण गर्न कादुरीले रु ४७ लाख ४४ हजार ७५६ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ ।

पुल निर्माण भएपछि शिखको किन्दु, झारवाङ, लिस्नेखर्कका एक सय घरधुरी बासिन्दा लाभान्वित भएका वडा अध्यक्ष दिनेशकुमार पुनले जानकारी दिए ।

यसअघि सो स्थानमा झोलुङ्गे पुल नहुँदा शिख आउन जानका लागि स्थानीय बासिन्दालाई समस्या हुने गरेको थियो । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार ००:००