१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्की पुल निर्माण भएपछि हजारौं यात्रुलाई सुविधा

लेखक स्थानीय खबर २४ जेष्ठ २०७४, बुधबार १ मिनेट पढाइ

चौतारा । सिन्धुपाल्चोकको मध्य क्षेत्रस्थित झ्याडी खोलामा पक्की पुल निर्माण भएपछि मध्य र पश्चिम क्षेत्रका बासिन्दाले यातायात सुविधा उपभोग गर्न पाएका छन् ।

चौतारा सागाचोकगढी नगरपालिका– ७ र इन्द्रावती गाउँपालिका– ९ को बीचमा पर्ने झ्याडी खोलामा पक्की पुल निर्माण भएपछि सदरमुकामबाट सिपाघाट हुँदै छोटोदुरीमा राजधानीसम्मको यात्रा सहज भएको छ ।

जिल्ला विकास समितिको रु दुई करोड ६० लाखको लगानीमा ५ दशमलव ४५ मिटर चौडाइ र २५ मिटर लामो सो पुल आव ०७०र७१ मा १४ महिनामा सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएकामा विसं २०७२को भूकम्प र भारतीय नाकाबन्दीका कारण अढाइ वर्ष ढिलाइ भएको ठेकेदार कम्पनी कान्छाराम शान्तिदेवी जेभीका सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।

करिब डेढदशक अघिबाट अरनीको यातायातले काठमाडौंबाट चौतारा हुँदै भीमटारसम्म केही समय यात्रु बस सञ्चालन गरेको थियो ।

चौताराबाट सिपाघाटसम्म ३६ किमि सडकमध्ये खोलाको बहानामा यातायात सञ्चालन नभएपछि लामो समयदेखि पश्चिम क्षेत्रका यात्रुले १७ किमि बाटो पैदल हिँड्न बाध्य भएका थिए । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।