१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा अन्तरनगरपालिका नकआउट फुटबल प्रतियोगिता हुने



स्थानीय खबर संवाददाता । काठमाडौंका १० नगरपालिकाहरूबीच फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा जेठ २३ देखि २८ गतेसम्म दशरथ रंगशालामा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने समन्वय समितिका प्रमुख गोपालप्रसाद अधिकारीले जानकारी दिए । यसैगरि दोस्रो टीमलाई ५१ हजार १५१ रुपैयाँ, तेस्रोलाई २५ हजार १५१ पुरस्कार प्रदान गरिने अधिकारीले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गर्नेछ छ । यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरर्वाड र सर्वाधिक गोलकर्तालाई ५/५ हजार रुपैयाँ राशीको पुरस्कार दिइनेछ ।

सहआयोजकहरूमा कागेश्वरी–मनोहरा, शंखरापुर, गोकर्णेश्वर, बुढानिलकण्ठ, तारकेश्वर, टाेखा, नागर्जुन, चन्द्रागिरी, किर्तिपुर र दक्षिणकाली नगरपालिका छन् । अधिकारका अनुसार प्रतियोगिताका लागी काठमाडौं जिल्ला समन्वय समितिले ८ लाख रुपैयाँ र सहआयोजकहरूले १/१ लाख रुपैयाँ खर्च बेर्होने छन् ।

पहिलो खेलअन्तर्गत २३ गते विहान काठमाडौं महानगरपालिकाका मेयर र राजनीतिक दल बिरुद्ध जिल्लाका सरकारी कर्मचारीहरूले खेल्नेछन् । समन्वय समितिले आईतबार पत्रकार सम्मेलनको प्रतियोगिताबारे जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००