८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि गाउँपालिकाकाे गोरङखोलामा झोलुङ्गे पुल



बाबियाचौर (म्याग्दी), धौलागिरि गाउँपालिका ४ मुदीको नेरवाङस्थित गोरङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

रु ३९ लाख ११ हजार ३२४ को लागतमा निर्मित ८५ मिटर लामो झोलुङ्गे पुलबाट तीन सय घरधुरीका एक हजार ८४० जनसङ्ख्या लाभान्वित भएका छन् ।

स्वाप, स्वीस राजदूतावास, टिसकएसयु, आरटिएपी, जिल्ला समन्वय समिति र साविक मुदी गाविसको आर्थिक एवं मिलन म्याग्दीको प्राविधिक सहयोगमा स्थानीय बासिन्दाले रु ७५ हजार बराबरको श्रमदान गरेर झोलुङ्गे पुल निर्माण भएको वडा सचिव सोमबहादुर खत्रीले जानकारी दिए ।

विसं २०७२ साउन १४ गते रातिको पहिराले नेरवाङमा गोठ पुर्दा चार जनाको ज्यान गएको थियो भने बाढीले गोरङखोलाको पुल बगाएको थियो । पुल बगाएपछि स्थानीय बासिन्दा साँघु (काठको अस्थायी पुल) बनाएर आवतजावत गर्दै आएका थिए । नवनिर्मित पुलको सोमबार धौलागिरि गाउँपालिकाको अध्यक्ष थमसरा पुनले उद्घाटन गरे । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार ००:००